कर नतिर्नेका घरदैलोमा पञ्चेबाजा घन्काउँदै महानगर

तामसालिङ खबर
१० भाद्र २०७८, बिहीबार ०९:०९

भदौं, काठमाडौं – काठमाडौं महानगरपालिकाले कर नतिर्ने करदाताको घर-घरमै गएर पञ्चेबाजा घन्काउन सुरु गरेको छ ।

जति ताकेता गर्दा पनि कर नतिरेपछि दबाब दिन महानगरले यो अभियान थालेको हो । महानगरपालिकाको राजश्व विभागका प्रमुख डा.शिवराज अधिकारीका अनुसार पहिलो चरणमा ह्वाइट स्कुल, कान्तिपुर होटल लगायत आठ ठूला करदाताको घरदैलोमा पुगेर बाजा बजाइएको छ।

‘छिटो कर तिरून् भनी मनोरञ्जनात्मक रुपले करदाताको घरमा गएर बाजागाजा बजाएर दबाब दिएका हौँ,’ उनले भने,‘यो बाजाले कर तिर्न महानगरले निमन्त्रण गरेको हो भन्ने लागोस् भनेर यो अभियान चलाएका हौँ ।’

उनका अनुसार करिब पाँच वर्षदेखिको घरजग्गा लगायतको करिब ७० करोड बढी राजश्व उठाउनुपर्नेमा हाल सम्म दुई करोड ४९ लाख मात्र राजश्व संकलन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*