फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १३० रुपैयाँ
भदौं, काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेल सहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएअनुसार राति १२ बजेपछि डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
पेट्रोलियम पदार्थका मूल्य वृद्धि भए सँगै पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढेर १ हजार ४ सय ५० पुगेको छ ।