बैठक भत्तामै सकियो स्थानीय तहको ७ करोड ६८ लाख

तामसालिङ खबर
७ भाद्र २०७८, सोमबार १६:२३

भदौं, काठमाण्डौ – स्थानीय तहमा व्यापक आर्थिक अनियमितता भएको देखिएको छ । महालेखाको ५८ औं वार्षिक प्रतिवेदन अनुसार २०७७ सालमा स्थानीय तहले व्यापक आर्थिक अनियमितता गरेका हुन् ।

देशभरका कुल ७ सय ५३ स्थानीय तहमध्ये १ सय ४७ वटा स्थानीय तहले बैठक बसेरै सात करोड ६८ लाख रुपैयाँ सकेका छन् । स्थानीय तहले प्रदेश ऐनमा व्यवस्था नभएका र ऐनले नतोके पनि वडा, कार्यपालिका, गाउँ/नगर सभा लगायतको बैठक बसेर उक्त रकम भत्तामा सकेका हुन् ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ को दफा ४ अनुसार अनुसूचीमा उल्लेख भए बमोजिमका न्यायिक, विधायन, लेखा र सुशासन समितिका सदस्यले मात्रै भत्ता पाउने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*