सन्दिपले सीपीएल गुमाउने सम्भवना

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार ०७:४२

भदौ, काठमाण्डौ – नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले आसन्न क्यारेवियन प्रिमियर लिग गुमाउने संभावना निकै प्रबल बनेको छ । नेपालले पीएनजी सँगको मैत्रीपुर्ण एकदिवसिय र ओमान र अमेरीका सम्मिलित त्रिकोणात्मक सिरिजका कारण सन्दिप क्यारेवियन प्रिमियर लिग खेल्न जान पाउने संभावना निकै न्यून बनेको छ ।

क्यारेबियन प्रिमियर लिग अगष्टको २६ देखि सेप्टेम्बर १५ सम्म हुने तय भएको छ । यहि समयमा नेपालले विदेशी भूमीमा सिरिज खेल्दैछ । जसका कारण उनको सीपीएल खेल्ने संभावना कम छ । ट्रिनबागो नाइट राइडर्सले सन्दिपलाई अनुबन्ध गरेको थियो । तर त्यहि समयमा नेपालको खेल पर्ने हुँदा उनी जान पाउने छैनन् ।

नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसिय खेल खेल्नेछ । जुन सेप्टेम्बर पाँच र आठ तारिखमा हुनेछ । त्यो सकिएपछि नेपालले अमेरीका र ओमान सम्मिलित विश्वकप क्रिकेट लिग टु खेल्नेछ । सो प्रतियोगिता सेप्टेम्बरको दोस्रो साताबाट सुरु हुनेछ ।

दुबै सिरिजका लागि नेपाली टिम अगष्ट २४ मा ओमान जाने संभावना छ । नेपाली टिमको मुख्य स्पिनरका हिसावले सन्दिपपनि टिमसँगै जानेछन । नेपाली टिमको ओमान भ्रमण सकिँदासम्म सीपीएल क्रिकेट सम्पन्न भइसकेको हुनेछ । त्यसैले यो बर्षको सीपीएल सन्दिपले खेल्न नपाउने भएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*