मकवानपुर तेक्वान्दोमा पुन: बज्राचार्य
साउन, हेटौंडा – मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको अध्यक्षमा पुन: लालकाजी रत्न बज्राचार्य चयन भएको छ । शनिबार हेटौंडामा भएको भेलाले बज्राचार्यको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा निरु मगर र ओमकुमार लामा, सचिवमा विक्रम लामिछाने, सह-सचिवमा सुरशा ढुंगाना र कोषाध्यक्षमा रविन्द्र डंगोल लगायत चयन भएका छन् ।
समितिको सदस्यहरुमा राजकुमार लामा, पुरुषोत्तम रुपाखेती, श्रीषा ढकाल, गोपाल सुनार, रामकृष्ण महर्जन, विवेक माझी सदस्य चयन गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगर ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यालय प्रमुख खुशराज दाहाल, मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।