मनहरी गाउँपालिकाको आर्थिक बर्ष ७७/७८ मा वित्तिय प्रगति ६४.९ प्रतिशत
साउन, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ मा ६४.९ प्रतिशत बित्तिय प्रगति हासिल गरेको छ ।गाउपालिकाको कुल बजेट मध्येबाट ६४.९ प्रतिशत बजेट खर्च गर्न सफल भएको गाउँपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
गत आर्थिक बर्षमा गाउँपालिकाले ९२ करोड २९ लाख १८ हजार ६ सय ९० बजेट ल्याएको थियो । जसमध्ये चालु र पुजीँगत गरि कुल ५९ करोड ९० लाख २ हजार ६ सय १९ मात्र खर्च गर्न सफल भएको हो । गाउँपालिकाले पुजीँगत खर्च ५७.६५ प्रतिशत गरेको छ । त्यस्तै चालुतर्फ भने ७६.४४ प्रतिशत खर्च गर्न सफल भएको छ ।
पुजीँगत तर्फ वन तथा वातावरण संरक्षण शिर्षकमा छुटयाइएको ३४ लाख रुपैया खर्च हुन सकेको छैन भने विद्युतीय संरचना निर्माणका लागि छुट्याइएको ५४ लाख शत प्रतिशत खर्च भएको छ । चालुतर्फ पनि केहि बजेट खर्च हुन सकेको छैन ।
आ ब २०७७।७८ को कुल आय ब्यय विवरण