पर्वतीय खेलकुदबारे अन्तरक्रिया

तामसालिङ खबर
२२ श्रावण २०७८, शुक्रबार ०७:०३

साउन, काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चको एनएसजेएफ एकेडेमी र पर्वतीय खेलकुद महासंघ नेपालको संयुक्त आयोजनामा पर्वतीय खेलकुदको विषयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।

पासाङ ल्हामु पर्वतारोहण एकेडेमीमा बिहीबार अन्तरक्रिया कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा नेपालमा पर्वतीय खेलकुदको अवस्था र सम्भावनाबारे जानकारी गराईएको थियो ।

अन्तरक्रियामा एनएसजेएफमा आबद्द विभिन्न मिडियाका खेलकुद पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य तथा पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले पर्वतीय खेलकुदको बारेमा जानकारी गराएका थिए ।

प्रख्यात आरोही, पर्वतिय खेलुकद महासंघ नेपालकी बोर्ड सदस्य तथा पासाङ ल्हामु वाल क्लाइम्बिङ सेन्टरकी माया गुरुङले वाल क्लाइम्बिङबारे जानकारी गराएकी   थिइन् ।

गुरुङले वाल क्लाइम्बिङ व्यक्तिगत खेल भएको कारण यसलाई खेलकुदको रुपमा विकास गर्न लागिपरेको जानकारी गराईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*