‘ए’ डिभिजन लिगका लागि एनआरटीमा दुई अफ्रिकन खेलाडी अनुबन्ध

तामसालिङ खबर
२० असार २०७८, आईतवार ११:५२

असार, काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्यूरोड टिम एनआरटीले दुई अफ्रिकन खेलाडीलाई अनुबन्धित गरेको छ ।

एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्धित गरिएको जनाएको छ । चार पटकको च्याम्पियन एनआरटीले नयाँ सिजनको ’ए’ डिभिजन लिगका लागि मोसुके र स्टेफेनलाई अनुबन्ध गरेको हो ।

क्लबले दुबै खेलाडीलाई सार्वजनिक समेत गरेको छ । त्यस्तै एनआरटीले टिमको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएको छ । यस वर्षको ’ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु हुँदैछ ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने कोटा अन्तर्गत दुई खेलाडीसँग सम्झौता गरिएको एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले बताए । अन्य खेलाडी अनुबन्धको प्रक्रिया अघि बढिसकेको समेत उनले बताए । ’ए’ डिभिजन लिगको कार्यतालिका अनुसार नै खेलाडी अनुबन्धित गरिएको जोशीले जानकारी दिए ।

त्यस्तै एनआरटीका मुख्य प्रशिक्षक शाक्यले लिगमा उत्कृष्ठ प्रदर्शन गर्ने बताए । उनले दुई खेलाडीलाई अनुबन्धित गरेसंगै टीम थप बलियो भएको जिकिर गरे । पत्रकार सम्मेलनमा एन्फका अध्यक्ष कर्माछिरिङ शेर्पाले शहीद स्मारक ’ए’ डिभिजन लिग रौनक सुरु भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*