हेटौंडाको थानाभर्याङ्गमा प्रादेशिक कृषि थोक बजार बन्ने, मुख्यमन्त्री पौडेलद्वारा शिलान्यास

तामसालिङ खबर
१९ असार २०७८, शनिबार १४:२३

असार, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा प्रादेशिक कृषि थोक बजार निर्माण हुने भएको छ । कृषि थोक बजारको मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका छन् ।

२८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको साझेदारीमा निर्माण गरिने भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभ¥याङमा २ बिगाहा क्षेत्रफलमा प्रादेशिक कृषि थोक बजार निर्माण गर्न लागिएको हो । कृषि विकास निर्देशनालयको ७० र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण गरिने बताइएको छ ।

शिलान्यास कार्यक्रममा बागमती प्रदेशका भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मन्त्रालयका सचीव मतिना बैध्य लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*