युरोकप – चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश

तामसालिङ खबर
२० असार २०७८, आईतवार ०७:०२

युरोकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनल खेलमा चेक रिपब्लिकलाई २-१ गोलले हराउँदै डेनमार्क अन्तिम चारमा पुगेको हो ।

डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एकरएक गोल गरे । चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए । खेलको पाँचौँ मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा युवा स्ट्राइकर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २(० को अग्रता दिलाए ।

दोस्रो हाफमा चेक रिपब्लिकले एक गोल फर्कायो । ४९औँ मिनेटमा प्याट्रिकले काउफलको पासमा गोल गर्दै चेकलाई २-१ को स्थितिमा ल्याए । डेनमार्क विरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् । यस सँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डो सँग बराबरी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*