मकवानपुरगढीको बजेट ६२ करोड ९२ लाख रुपैयाँ सार्बजनिक (पूर्णपाठ सहित)

तामसालिङ खबर
१० असार २०७८, बिहीबार १९:५१

असार, हेटौडा (मकवानपुरगढी) – मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको बिहिबार बसेको सातौं गाउँसभामा आगामी आर्थिक वर्षको लागि कुल ६२ करोड ९२ लाख १७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि आर्थिक विकासतर्फ १० करोड ६० लाख ८० हजार रुपैयाँ मध्ये कृषि क्षेत्रमा २ करोड ६४ लाख १३ हजार, उद्योग क्षेत्रमा ६५ लाख रुपैयाँ, पर्यटन क्षेत्रमा १ करोड १४ लाख ५ हजार रुपैयाँ, सहकारी क्षेत्रमा ६६ लाख रुपैयाँ, जलस्रोत तथा सिंचाईको क्षेत्रमा २ करोड २२ लाख २० हजार रुपैयाँ, पशूपक्षि विकासमा २ करोड ८४ लाख ३२ हजार रुपैयाँ, भूमि व्यवस्थामा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पूर्णपाठ सहित

niti-tatha-karyakram-2078.079_gadhi_gaupalika-1

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*