बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड, कोरोना नियन्त्रणका लागि २ अर्ब बिनियोजन

तामसालिङ खबर
१ असार २०७८, मंगलवार १८:२९

असार, हेटौडा – बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षका लागि ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ, चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकताका साथ राखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेटको व्यवस्था गरेको छ ।

प्रदेश सरकारले लागू गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत २६ करोड रकम विनियोजन गरेको छ । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*