मनहरी गाउँपालिकाद्वारा ८३ करोड ६७ लाखको बजेट सार्बजनिक (पूर्णपाठसहित)
असार, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ८३ करोड ६७ लाख बजेट सार्बजनिक गरेको छ ।
बिहिबार भएको नवौ गाउँसभामा मनहरी गाउपालिकाले ८३ करोड ६७ लाख ८६ हजारको बजेट ल्याएको हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्याक्षतामा भएको गाउँसभामा उपाध्यक्ष मनिला बिष्टले आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरिन् ।
गाउँपालिकाले कृषि, पशुपालन, पर्यटन र भौतिक पुर्बधार, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ । पुरानै नारामा बनेको नीति तथा कार्यक्रमलाई निरन्तरता दिदैं यस वर्ष नयाँ नीति कार्यक्रम समेत ल्याइएको छ ।
गाउपालिकाले एक वडा एक आर्गर्निक फर्म स्थापना गर्ने, गाउपालिका स्तरिय खानेपानी बोर्ड गठन गर्ने, नागरिकहरुलाई रगतको आबश्यकता भएमा गाउपालिकाले नि:सुल्क रगत उपलब्ध गराउने भएको छ। मोती बिन्दुको अप्रेशन गर्ने बिरामीलाई नगद २ हजार उपलब्ध गराउने भएको छ ।
प्रत्येक बर्ष अध्यक्ष कप र उपाध्यक्ष कप फुटबल प्रतियोगितालाई यसै बर्षदेखी मनहरी गोल्ड कपको रुपमा संचालन गर्ने भएको छ। बजार अनुगमन र स्थानीय सुरक्षाको लागि यसै बर्ष देखि नगर प्रहरीको करारमा नियुक्ति प्रक्रिया बढाईने भएको छ।
कृषि एम्बुलेन्स खरीद गरि तरकारी ढुवानी बजार सम्म निशुल्क गर्ने नीति गाउपालिकाले लिएको छ। सबै बिध्यालयहरुमा नेपाल स्काउट गठन गर्न आबश्यक सहयोग गर्ने, जनजाति संग्रालय स्थापना गर्ने, ८० बर्ष पुगेका सासू ससुराको सेवा गर्ने बुहारीलाई पहिचान गरि सम्मान गर्ने लगायतको नया नीति कार्यक्रम ल्याएको छ ।
गाउँसभामा मनहरी गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक र व्ययको वितरण भएको आव २०७८/०७९ को विनियोजन विद्येयक ४ नम्बर वडा अध्यक्ष ध्रुब खड्काले प्रस्तुत गरिएको छ भने आर्थिक ऐन कार्यपालिका सदस्य पम्फा रोक्काले सभामा प्रस्तुत गरिएको हो ।
पूर्ण पाठ हेर्नुहोस् –
मनहरी गा पा नीति तथा कार्यक्रम २०७८।७९