हेटौंडामा बिद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु
बैशाख, हेटौंडा – मकवानपुर जिल्ला बिद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता तथा प्रतिभाशाली खेलाडी छनौट एबम प्रशिक्षण कार्यक्रम आज देखि हेटौंडामा सुरु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा सुरु भएको प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले यस्ता प्रतियोगिताले खेलक्षेत्रको विकासमा सहयोग पुग्ने वताउनुभयो । यो प्रतियोगिताले खेलाडी उत्पादनसंगै बिद्यालयस्तरमा लुकेर रहेका प्रतिभा अगाडी आउने समेत वताउनुभयो ।
प्रदेश प्रहरी कार्यालयका काममा सहयोग गरिएको वताउँदै उहाँले भन्नुभयो–कुनैपनि समस्या परेमा वा पूर्वाधार निर्माण गर्नुपरेमा सहयोग गर्न तयार छौं । थानाभ¥याङको कबर्डहलको साउन्ड सिस्टम र बिजुलीमा समस्या देखिएकाले सहयोग गर्न तयार छौं ।’
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्तकुमार लामाले बिद्यार्थीलाई खेलमा आकर्सीत गर्ने लक्षका साथ काम गरिएको वताउनुभयो । स्कुले बिद्यार्थीलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागि पनि यो प्रतियोगिता गरिएको वताउनुभयो ।
समुदाय प्रहरी साझेदारी अन्तर्गतको प्रमुख साझेदार निकाय बिद्यालय समेत भएकाले बिद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गरी मकवानपुरमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको हो ।
खेलको बिकास तथा बिस्तार गर्ने, स्कुलका विद्यार्थीहरुमा ब्याडमिन्टन खेल प्रति रुची जगाउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ठ खेलाडीहरु उत्पादन गर्ने लक्ष्य सहित उक्त प्रतियोगिता संचालन गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता मिरा चौधरीले जानकारी दिनुभयो ।
कक्षा १ देखी १० कक्षा सम्म अध्ययनरत बिद्यार्थीहरु सहभागी हुने प्रतियोगिता विभिन्न ५ बिधामा संचालन गरीने छ । १२ बर्ष मुनि उमेर समुहका लागि महिला र पुरुषको सिंगल तथा १२ बर्ष माथीको उमेर समुहमा महिला र पुरुषको सिंगल्स तथा पुरुष तर्फको डबल्स गरी ५ वटा बिधामा प्रतियोगिता संचालन गरिएको हो । जनपत्र