दुर्गाप्रसादले पाए नेपाली नागरिकता
चैत्र, काठमाडौँ – भारतमा ४० वर्ष जेल बसेर केही अघिमात्र नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) ले नेपाली नागरिकता पाएका छन् । उनलाई विहीबार जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता दिलाएको हो ।
नागरिकता नभएका दुर्गा प्रसादलाई सहायक सिडिओ धरेन्द्र चापागाइ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । उच्च अदालत कोलकाताले तिम्सिनको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु उनको नागरिकता र नाता प्रमाणितको पत्र चाहिएको परिवारले जनाएको छ ।
यो सँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि पहल गर्न भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनाइएको छ ।