मकवानपुरको बागमती गोल्डकपमा १० टिम सहभागी हुने

ताम्सालिङ खबर
१२ चैत्र २०७७, बिहीबार ०८:३८

चैत्र, हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने बागमती गोल्डकप फुटबल प्रतियोगितामा १० टिमले सहभागिता जनाउने भएको छ । चैत १३ गतेदेखि २३ गतेसम्म हुने प्रतियोगिताको लागि आयोजकले बुधबार खेल तालिका सार्वजनिक गरेको हो ।

फापरबारीस्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र नवजनजागृति युवा क्लव सिमरा बीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई ६ विधामा जनही १० हजारका दरले पुरस्कृत गरिनेछ । प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयाँसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको लागि कुल ७७ लाख ४५ हजार रुपैंया खर्च हुने अनुमान गरिएको छ । बागमती गाउँपालिकाले प्रतियोगिताको लागि ३५ लाख रुपैयाँ बेहोर्नेछ भने अन्य बजेट संघसंस्था, प्रायोजक र टिकट बिक्रीबाट उठाइने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष भिमबहादुर राईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*