बागमती गोल्डकपको चौथो संस्करण चैत्र १३ गते देखि हुने

ताम्सालिङ खबर
१ चैत्र २०७७, आईतवार १३:४४

फाल्गुन, हेटौंडा (बागमती) – पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा चौथो सस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । यहि चैत्र १३ गते देखि २२ गतेसम्म प्रतियोगिता हुने आयोजक बागमती गाउँपालिका खेलकुद बिकास समितिले जनाएको छ ।

बागमती खेलकुद विकास समितीको आयोजनामा हुने प्रतियोगितामा समितिका अध्यक्ष भिम बहादुर राइले प्रतियोगितामा प्रथम हुने टिमलाई आठ लाख र दोस्रो हुने टिमलाई चार लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र दिईने बताए ।

चैत १३ गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिता हेटौंडाबाट ४५ किलोमिटर पूर्वस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा ७७ लाख ४५ हजार रुपैंया खर्च हुने उनले बताए ।

ए डिभिजन र मोफसलका टिमसहित १० टिमको सहभागिता रहने प्रतियोगिताको करिब २५ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडी ६ विधामा जनही १० हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिईने अध्यक्ष राईले बताए ।

प्रतियोगितामा एपिएफ क्लब काठमाडौ, नेपाल पुलिस क्लब काठमाडौ, च्यासल युवा क्लब ललितपुर, संकटा युवा क्लब काठमाडौ, जाउलाखेल युवा क्लब ललितपुर, मछिनन्द्र क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही, नव जनता जागृती युवा क्लब सिमरा, थ्री स्टार युवा क्लब काठमाडौ, हेटौंडा ११ हेटौंडा सहभागी हुन सक्ने आयोजकले बताएको छ ।

तेस्रो बागमती गोल्ड कपको उपाधी दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*