महिला लिग फुटबलमा एपीएफ २२-० ले विजयी, सावित्रा एक्लैको १२ गोल

तामसालिङ खबर
२० माघ २०७७, मंगलवार १०:४३

माघ, हेटौंडा – राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफ क्लबले फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् । रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक एक गोल रह्यो ।

प्रतियोगिताकै कमजोर टिम चौदण्डीविरुद्ध एपीएफले पहिलो हाफमै १२ गोल गरेको थियो । यो जारी लिगमा अहिलेसम्मकै सर्वाधिक गोल हो ।

एपीएफले लिगमा लगातार छैटौं जित निकाल्ने क्रममा ६ खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । चौदण्डीको भने यो लगातार छैटौं हार हो । अंक विहीन रहेको चौदण्डी पुछारमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*