गुगल फोटोको ‘फ्रि स्टोरेज’ सुविधा हट्ने

तामसालिङ खबर
६ आश्विन २०७७, मंगलवार ०८:२८

एजेन्सी – गुगल फोटोको ‘फ्रि स्टोरेज’ सुविधा हट्ने भएको छ । गुगलले आफ्नो फोटो स्टोरेजको सुविधा अर्को वर्षदेखि हटाउने घोषणा गरेको हो।

टेक हिन्दुस्तानको अनुसार गुगल फोटोले अर्को वर्षको जुन १ देखि उच्च फोटोहरुका लागि फ्रि स्टोरेज सुविधा दिने छैन । यो मितिपछि राखिने सबै फोटोहरु गुगल फोटोको निःशूल्क १५ जिबी स्टोरेजमा थपिने छ ।

पाँच वर्षअघि गुगलले फोटोहरु सुरक्षित गर्न गुगल फोटो एप सुरु गरेको थियो। यो फ्रि स्टोरेज सुविधामा प्रयोगकर्ताले जति पनि फोटोहरु खिचेर राख्न सक्थे ।

गुगलका अनुसार गुगल फोटोमा हालसम्म करिब ४ ट्रिलियन फोटो छन् । हरेक हप्ता यसमा २८ बिलियन फोटो र भिडियो अपलोड हुने गर्छ।
अब भने ती फोटो र भिडियो राख्नको लागि सिमित स्टोरेज मात्र हुनेछ ।

गुगलले तोकेको मिति अघिसम्म अपलोड हुने फोटो र भिडियोमा केही परिवर्तन हुँदैन । १५ जिबीको स्टोरेजमा पनि सिमित हुने छैन । २०२१ जुन १ पछि भने गुगलले प्रयोगकर्ताको स्टोरेज फूल हुन लागेमा अगाडि नै सूचित गर्नेछ ।

रिर्पोटको अनुसार प्रयोगकर्ताले यसअघि अपलोड गरेका फोटो र भिडियोहरु ब्याकअपमा गएर बस्ने छ। यो नयाँ परिवर्तनले पछि अपलोड हुने फोटोहरुमा पनि केही प्रभाव पार्नसक्ने बताइएको छ ।

गुगल फोटो १५ जिबी स्टोरेज भन्दा बढी ठाँउ चाहिने प्रयोगकर्तालेको लागि ‘गुगल वान’को सशुल्क सदस्यताको विकल्प पनि रहेको गुगलले बताएको    छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*