बागमती प्रदेशमा ५ सय २८ जना माग (विज्ञापन)
पुस, हेटौडा – बागमती प्रदेशको प्रदेश लोकसेवा आयोग हेटौडाले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ ।
प्रदेश लोकसेवा आयोगको कार्यालयले विज्ञापन प्रकाशित गर्दै एकै पटक खुला प्रतिस्पर्धाबाट ५ सय २८ कर्मचारी माग गरेको हो । जसअनुसार प्राविधिक तर्फ २ सय ४७ जनाको माग गरिएको छ ।
त्यस्तै, अप्राविधिक समूहमा भने १ सय २८ जनाको आवेदन माग छ । स्वास्थ्य सेवामा १ सय ५३ जनाको माग गरिएकाे छ । बागमती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि आवेदन मागिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।