हितबहादुर तामाङलाई मन्त्री बनाउन चौतर्फी दबाब
असोज, हेटौडा – यति बेला सत्तारुढ पार्टी नेकपमा मन्त्री परिषद पुनर्गठन गर्ने वा नगर्ने बारे बहश चलिरहेको छ । पार्टी विवाद हल गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा समेत उल्लेख गरिएको केन्द्र र प्रदेश सरकार पुनर्गठनको विषय पछिल्लो समय ओझेल पर्न थालेको छ ।
कार्यदलको प्रतिवेदन मुताविकै सचिवालय बैठकबाट पार्टी अध्यक्ष द्वयको कार्यविभाजन भै दुई अध्यक्ष बिचको टकराव तत्कालका लागि मत्थर भए पछि सरकारका कामको समिक्षा लगाएत सरकार पुनर्गठनका विषय ओझेल परेका हुन् । यसै बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले मन्त्री परिषद पुनर्गठन नहुने भन्दै मन्त्रीहरुलाई ढुक्कले काम गर्न निर्देशन दिईसकेको छ ।
तथापि, पार्टीमा एक व्यक्ति एक पदको कार्य विभाजन लगायत मन्त्री परिषद पुनर्गठनको आवाज भने उठिरहेकै छ । जुन कार्यदलले प्रस्तुत प्रतिवेदनको बुँदा ९.२ मा उल्लेख छ । जस्ले गर्दा प्रधानमन्त्री ओलीले टार्न खोजेता पनि त्यति सजिलो देखिदैन र आगामी पार्टी सचिवालय बैठकमा यो विषयले प्रबेश पाउने देखिन्छ ।
पार्टी सचिवालय बैठक बस्ने तयारी संगै नेकपा नेता कार्यकर्ताहरुमा मन्त्री बन्ने र बनाउने दौडधुप सुरु भएको छ । विशेष गरी बारम्बार मन्त्री बनेकाहरुलाई दोहोर्याउनु भन्दा नयाँ अनुहार संगै युवा पुस्तालाई प्राथमिकतामा राख्न नेकपा संबद्ध नेताहरुले जोड दिइरहेका छन् । कतिपयले आफना क्षेत्रका नेताहरुलाई मन्त्री परिषदमा समेट्न फेसबुक लगायत सामाजिक संजालबाट समेत दवाब बढाईरहेका छन् ।
यतिबेला सामाजिक संजालमा नुवाकोटबाट निर्वाचित सांसद हितबहादुर तामाङ निकै चर्चमा रहेका छन् । पटक पटक अर्थमन्त्री बनेका नेपाली कांग्रेसका शक्तिशाली नेता रामशरण मतहलाई पराजित गरी सांसद बनेका तामाङ नेकपा बागमती प्रदेशका सह-इन्चार्ज समेत हुन ।
भद्र, शालिन र निष्ठावान नेताको परिचय बनाएका सांसद हितबहादुर तामाङ नेकपा भित्र तामाङ समुदायको सबै भन्दा शिर्ष नेता पनि हुन । जनयुद्धको बेला मोहन बैद्य ‘किरण’संगै भारतमा जेल जीवन विताएका तामाङ निरन्तर रुपमा प्रचण्डको नीति र नेतृत्व प्रति प्रतिबद्ध रहदै आएको देखिन्छ । स्वच्छ छवी, नीति र नेतृत्व प्रति प्रतिबद्ध एवं पटक पटक पराजित हुँदा पनि विचलित नभै तेस्रो पटकमा रामशरण महतलाई पराजित गरी जनतामा लोकप्रीय बनेका नेतालाई पुनर्गठित मन्त्री परिषदमा पार्न नेकपाका सांसद देखि नेता कार्यकर्ताहरु सक्रिय भएका छन् ।
बागमती प्रदेश सांसद ओम ग्लान ‘प्रदीप’ले हितबहादुर तामाङलाई उद्धृत गर्दै ‘यी अनुहारलाई अन्याय नगर्न’ नेतृत्वलाई आग्रह गरेका छन् । उनले आफ्नो फेसबुकमा लेख्दै हितबहादुर संगै मकवानपुरबाट निर्वाचित सांसद बिरोध खतिवडालाई पनि नछुटाउन र ‘जनतासामू अनुत्तरित नबनाउन’ नेताको ध्यानाकर्षण गराएका हुन ।
युवा नेता डिबी तामाङले ‘धैर्यता, त्याग, निष्ठा र लगनशीलताको सम्मान गर्न’ हितबहादुर तामाङलाई मन्त्री बनाउन आग्रह गरेका छन् । ‘धेरै पटक मन्त्री बनेका, भ्रष्टाचारी र बदनामी भएकाहरुलाई दोहोर्याउनु भन्दा देश, जनता, नीति र नेतृत्व प्रति बफादार हितबहादुर जस्ता स्वच्छ छबी भएका नेता तथा उर्जाशील युवा नेतालाई मन्त्री बनाउन’ फेसबुकमार्फत उनको आग्रह छ ।
https://www.facebook.com/db.tamang.391/posts/3701530466532549
यसै गरी नेपाल तामाङ घेदुङका बागमती प्रदेश सचिव शुकुराम तामाङले इमान्दार, सदाचार र स्वच्छ छबी बनाएका लोकप्रीय नेता हितबहादुरलाई मन्त्री बनाउन जोडदार माग गरी फेसबुकमा लेखेका छन ।
https://www.facebook.com/sandip.lama.37/posts/4417621764947158
नुवाकोटका नेकपा सम्बद्ध विद्यार्थी नेता बिनोद कोईरालाले फेसबेकमा लेखेका छन ‘नुवाकोटलाई आफ्नो अखडा ठान्दै विश्वको कहलिएका र एसियाका उत्कृट अर्थमन्त्री कहलिएका रामशरण महतलाई पराजित गरी विजयी बनेका नुवाकोटेको मात्र नभई ३ करोड नेपालीको भरोसा बोकेका हितबहादुर तामाङलाई यो पटक नेतृत्वले जिम्मेवारी दिने आशा छ’ ।
कानुन मन्त्रीको जिम्मेवारीमा रहेका सांसद शेरबहादुर तामाङले राजीनामा दिएपछि वर्तमान सरकारमा तामाङ समुदायको प्रतिनिधित्व छैन । बिदेशमा एमविविएस अध्ययन गर्न गएका विद्यार्थीहरुको बारेमा बोल्दा सामान्य त्रुटी भई आलोचना भए पछि उनले नैतिकताका आधारमा राजिनामा दिएका थिए ।
सरकारमा तामाङ समुदायको प्रतिनिधित्व नभएकै कारणले पनि हितबहादुर तामाङलाई समेटन नेकपा नेतृत्व माथि दवाव बढेको छ । संघीयता, समानुपातिक र समावेशी व्यवस्थाका लागि अनवरत लडेका एक योद्धा एवं इमान्दार र जनप्रीय नेता हितबहादुर तामाङलाई मन्त्री परिषदमा जिम्मेवारी देलान या नदेलान त्यो हेर्न बाँकी छ । तर समानुपातिक र समावेशीको सिद्धान्त बोकेका नेकपा नेतृत्व माथी आम जनताले यो सवाललाई चासोका साथ हेरिरहेको छ र हेरिरहने छन ।