सांसद खतिवडाले परेवाभिरको सडक निर्माणका लागि २ करोड ब्यवस्थापन गर्ने
भदौ, हेटौँडा – प्रतिनिधिसभा सांसद विरोध खतिवडाले राक्सीराङ गाउपालिकाको परेवाभिरमा सडक निर्माणको लागि २ करोड रुपैँया ब्यवस्थापन गर्ने भएका छन् ।
राक्सिराङ गाउँपालिकाद्वारा टेण्डर प्रक्रिया आव्हान भएसँगै सांसद खतिवडाले २ करोड रुपैँयाको ब्यवस्थापन गर्ने भएका हुन् ।
६ करोड ७५ लाख को टेन्टरमा गाउँपालिकाले २ करोड विनियोजन गरिसकेको छ भने सांसद खतिवडाले २ करोडको ब्यवस्थापन गरेका हुन् । यो संगै गाउँपालिकाको सपनाको रुपमा रहेको उक्त सडक निर्माण हुने आश पलाएको छ ।