च्याम्पियन्स लिगको उपाधि बार्यनको पोल्टामा

तामसालिङ खबर
८ भाद्र २०७७, सोमबार ०९:२७

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पारी जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन बनेको छ । च्याम्पियन्स लिग फुटबलको लिस्बोनमा आइतबार राति भएको फाइनलमा पिएसजीलाई १–० ले पराजित गरेर बार्यन म्युनिखले उपाधि उचालेको हो ।

छैटौँ पटक उपाधि उचाल्नका लागि ५९ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गरेको गोल नै निर्णायक बन्यो । पिएसजीबाट व्यवसायिक खेल जीवनको सुरुवाति गरी हाल जर्मन क्लबमा रहेका कोम्यानले उपाधि जित्ने आफ्नो पूर्व क्लबको सपना चकनाचुर पारी बार्यन म्युनिखलाई विजेता बनाएका हुन् ।

गएको नोभेम्बरमा सुरुमा अन्तरिम प्रशिक्षकका रुपमा जिम्मेवारीमा आएका बार्यनका प्रशिक्षक हान्सी फ्लीकका लागि आइतबारको रात उत्वस बनेर आयो । त्यस विपरित पिएसजी र दुई सुपरस्टार नेइमार तथा केलियन एमबाप्पेका लागि खराब रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*