मनहरी ५ को फुटबल प्रशिक्षणलाई रुप्चन लोको आर्थिक सहयोग
भदौ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ५ मा सूर्यकिरण युवा क्लबद्वारा ३ महिने फुटबल प्रशिक्षण सफल रुप्चन लोले आर्थिक सहयोग गरेको छ ।
स्थानिय युवाहरुको सहयोगमा संचालित फुटबल प्रशिक्षणमा मनहरी-५ घर भइ रोजगारको सिलसिलामा कतारमा रहेका रुप्चन लोले ९ हजार १ सय रुपैया आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष वीर बहादुर मिजारले बताए ।
युवाहरुले देशमै केही गरुन र आफू जस्तै बिदेशमा पसिना बगाउन नपरोस भन्दै रुप्चन लोले आगामी दिनमा पनि युवाहरुलाइ सहयोग गर्ने फोन मार्फत जानकारी दिए ।
उक्त रकम रुप्चनको आमा सुकुमाया लोले प्रशिक्षण स्थलमै गएर क्लबका अध्यक्ष मिजारलाई हस्तान्तरण गरेको हुन् । हस्तान्तरण कार्यक्रममा क्लबका सचिब मिलन ढुंगाना, साधारण सदस्य कबिन दर्लामी मगर समेत सहभागी रहेको थियो।
स्थानीय युबालाई खेलकुदमा अब्बल बनाउनको लागि गत साउन २८ गते देखि संचालनमा रहेको प्रशिक्षणमा ३६ जना प्रशिक्षार्थी रहेका छन ।
हेटौडा एकेडेमीका प्रशिक्षक भिम लामाले दैनिक प्रशिक्षण गरिरहेको छ ।