यसपटकको आइपिएल युएईमा हुने

तामसालिङ खबर
७ श्रावण २०७७, बुधबार ०६:५३

एजेन्सी – कोरोना भाइरसका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० को आयोजना युएईमा हुने भएको छ । आइपिएल गर्वर्निङ काउन्सिलका चेयरम्यान बृजेश पटेलले आइपिएल युएईमा गर्न सरकार सँग अनुमति मागिएको बताएका छन् । यस बर्षको टी–२० विश्वकप स्थगित भएपछि सम्भवत सोहि समयमा आइपिएलको आयोजना हुने चर्चा शुरु भएको छ ।

पटेलले भारतीय समाचार एजेन्सी पिटीआइ सँग कुरा गर्दै आइपिएल युएईमा हुने र त्यसका लागि आवश्यक अनुमतिको आवेदन सरकारलाई पठाइएको बताएका छन् । भारतमा कोरोना तिब्र गतिमा बढिरहेकाले भारत बाहिर आइपिएल हुने बारेमा बोर्डले सम्भवत यसै साता औपचारिक निर्णय लिने बताइएको छ ।

आइपिएल आयोजनाका लागि श्रीलंका, युएई, न्युजील्याण्ड, दक्षिण अफ्रीका जस्ता देशहरुले इच्छा देखाएपनि समय र व्यवस्थापनका हिसाबले बोर्ड युएईमा आयोजना गर्ने निर्णयमा पुगेको बताइएको छ ।

पटेलले आइपिएलका यस अघि हुदै आएका सबै ६० खेल नै हुने बताएका छन् । पटेलले कम्तिमा तीन साता अभ्यासको समय दिएर आइपिएलको मिति सार्बजनिक गरिने बताउदै मिति घोषणा हुनसाथ आइपिएलको सम्पूर्ण कार्यक्रमलाई अन्तिम रुप दिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*