कोशीमा पानीको बहाव बढ्दो भएपछि ३८ ढोका खोलियो

तामसालिङ खबर
२७ असार २०७७, शनिबार १५:५९

असार, सुनसरी – निरन्तर वर्षातका कारण कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । भारी वर्षाका कारण कोशी व्यारेजका ढोका खोल्ने क्रम जारी छ ।

कोशीमा पानीको बहाव पानीको बहाव २ लाख ७३ हजार ३ सय क्युसेक नाघेको सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । पानीको बहाव लगातार बढ्दै गएपछि ५६ वटा ढोकामध्ये ३८ वटा खोलिसकेको उनले बताए ।

कोशीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*