पानीको बहाव उच्च भएपछि सप्तकोशी नदीको ३० वटा ढोका खुल्ला
असार, सुनसरी – पानीको बहाव यो वर्षकै उच्च भएपछि सप्तकोशीको ढोका खोलिएको छ ।
कोशीमा पानीको बहाव बढिरहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको हो । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ ।
पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको जनाईएको छ ।