साउन ७ गतेसम्म बिजुलीको रकम तिर्दा जरिवाना नलाग्ने
असार, काठमाडौं – नेपाल विधुत प्राधिकरणले साउन ७ गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलाग्ने बताएको छ ।
लकडाउन अवधि चैत, बैशाख, जेठ र असारको बिजुलीको भुक्तानी गरे जरिवाना नलाग्ने प्राधिकरणले जानकारी दिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो ।
सबै खालका ग्राहकले साउन सातभित्र महसुल तिरेमा कुनै जरिवाना नलाग्ने प्राधिकरणले जनाएको छ ।