जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

तामसालिङ खबर
२५ असार २०७७, बिहीबार १८:१५

असार, काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनु भयो ।

आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । जसपाले दल दर्ताको लागि एक महिना अघि आयोगमा निवेदन दिएको थियो ।

एकीकरण अघि संसदमा तेस्रो र चौथोँ दलको हैसियतमा रहेको पार्टी एकीकरणपछि अब संसदको तेस्रो शक्ति बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*