सेभिया र लेभान्टे बराबरीमा रोकिए
असार २, एजेन्सी – स्पेनिस ला लिगमा गएराति भएको खेलमा सेभिया र लेभान्टे १-१ गोलको बराबरीमा रोकिएका छन् । स्टेडियो क्यामिलो क्यानोमा भएको खेलमा खेलमा सेभियाले अग्रता जोगाउन नसक्दा घरेलु टोलीसँग अंक बाँड्न पुग्यो ।
पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको पहिलो मिनेटमै म्युनिरको एसिस्टमा लुक डि जोङले अग्रता बनाएका थिए । तर खेलको ८७ औं मिनेटमा डिएगो कार्लोसले आत्मघाती गोल गरेसँगै खेल १(१ को बराबरीमा आइ पुग्यो। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा रोकियो।
त्यस्तै गएराति नै अर्को खेलमा ग्रानडा र रियल बेटिस बराबरीमा रोकिए। खेलको २९ औं मिनेटमा कार्लोस फर्नान्डेजको गोलमा ग्रानडाले अग्रता बनाए पनि अन्तिमको १० मिनेटमा भएको ३ गोलसँगै खेल २-२ को बराबरीमा रोकियो। खेलको ८५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै सर्जियो क्यानलेसले बेटिसलाई बराबरीमा ल्याए ।
त्यसको ३ मिनेटमा क्रिस्टिन टेल्लोले गोल गर्दै बेटिसलाई अग्रता दिलाए। तर अतिरिक्त समयमा रोबेर्टो सोल्डाडोले गोल गरेपछि खेल २-२ को बराबरीमा रोकिन पुग्यो । गएरातिको खेलसँगै अंकतालिकामा सेभिया ५१ अंकसहित तेस्रो स्थानमा छ भने ३५ अंक जोडेको लेभान्टे १२ औं स्थानमा छ। त्यस्तै ग्रानडा र रियल बेटिस क्रमश ८ औं र १३ औं स्थानमा छन्।