सुर्खेतमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु
जेठ, सुर्खेत – सुर्खेतमा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।
बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका वडा नम्वर १ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएको हो ।
यही जेठ ७ गते भारतबाट आएका उननी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।
यसअघि कोरोना संक्रमणको कारण नेपालमा १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।