अर्का एक कोरोना संक्रमित मृत्यु, मृत्यु हुनेको संख्या ६ जना पुग्यो

तामसालिङ खबर
१६ जेष्ठ २०७७, शुक्रबार ०८:०५

जेठ १६, अर्घाखाँची – भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका ती युवकको भारतकै डुम्रीयागंज भन्ने स्थानमा मृत्यु भएको थियो ।

त्यसपछि उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विकले जानकारी दिए ।

ती युवासँगै आएका अरु ३ जना अर्घाखाद्वीमा भूमिकास्थानको क्वारेन्टाइन बसेका छन् । उनीहरुको पनि पीसीआर परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । यो संगै मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*