प्रमाणपत्रको आधारमा ब्यबसाय गर्न पुँजी उपलब्ध गराईने
जेठ २, काठमाडौं – शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने अघिल्लो कार्यक्रमको असफलतापछि सरकारले प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्न रकम दिने कार्यक्रम ल्याएको छ ।
आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षित बेरोजगारलाई प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्नका लागि पुँजी उपलब्ध गराइने भएको छ ।
यसरी सरकारले पुँजी उपलब्ध गराउँदा शिक्षासँग सम्बन्धित व्यवसाय गर्नका लागि परियोजना निर्माणमा सरकारले नै सहयोग बताएको छ ।