१७ वर्ष मुनिको महिला विश्वकप फुटबलको नयाँ मिति निर्धारण

तामसालिङ खबर
३१ बैशाख २०७७, बुधबार ११:३९

बैशाख ३१, भारत – छिमेकी राष्ट्र भारतमा आयोजना हुने फिफा १७ वर्ष मुनिको महिला विश्वकप फुटबलको नयाँ मिति तय भएको छ । कोरोना भाईरसको महामारीको कारण स्थगित प्रतियोगिता अर्को वर्ष हुने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सन् २०२१ को फेब्रुवरी १७ देखि ७ मार्चसम्म हुने जनाएको छ । यस अघि प्रतियोगिता यहिँ नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न पाँच शहरमा हुने तय थियो ।

त्यस्तै, फिफाले २० वर्ष मुनिको महिला विश्वकप आगामी वर्षको जनवरीमा गर्ने जनाएको छ । कोस्टारिका र पानमामा तय भएको प्रतियोगिता जनवरी २० देखि ६ फेबु्रवरी सम्म हुनेछ ।

यसअघि सेप्टेम्बर र अगष्टमा तय भएको थियो । फिफाले लिथुनियामा हुने फुटसलको विश्वकपको समेत नयाँ मिति तय गरेको छ । फिफाले सन् २०२१ को सेप्टेम्बर १२ देखि ३ अक्टोबरसम्म हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*