उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी

तामसालिङ खबर
९ बैशाख २०७७, मंगलवार २१:५१

बैशाख ९, त्रियुगा – उदयपुरमा मंगलवार एकैदिन थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा मंगलवार एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

कोशी अस्पताल विराटनगरमा ‘पोजेटिभ’ देखिएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ३ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ जनामा पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमितको संख्या ४२ पुगेको छ भने ५ जना उपचारपछि निको भएर ‘डिस्चार्ज’ भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*