कैलालीका कोरोना संक्रमित २१ बर्षीय युवा निको भै घर फर्किए
बैशाख ७, कैलाली – धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । कोरोना संक्रमित भई उपचाररत कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ९ का २१ वर्षिय युवा निको भएर घर फर्किएका छन् ।
भारतको मुम्बईबाट फर्किएका उनलाई १६ दिन अघि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । ११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
आत्मबल बलियो बनाए कोरोनाबाट निको हुने ति युवाले बताए । उनलाई सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी र मेडिकल सुपरिटेन्डेन्टले पुष्पको गुच्छा दिएर बिदाई गरेका थिए । नेपालमा कोरोना संक्रमणबाट निको भई फर्के उनी चौथो व्यक्ति हुन् ।
नेपालमा हाल सम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हाल सम्म तीन जना उपचारबाट निको भई घर फर्किसकेका छन् ।