कपिलवस्तु अस्पतालमा उपचाररत युवकको मृत्यु
चैत्र, काठमाडौं – कोरोना भाइरस संक्रमण आशंकामा कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । शुक्रबारदेखि अस्पतालको आइसोलेसनमा राखिएका विजयनगर गाउँपालिका २ जलैयाका ३० वर्षीय युवकको सोमबार राति मृत्यु भएको हो ।
युवकको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ, रिपोर्ट आउन बाँकी रहेको कपिलवस्तु अस्पतालका चिकित्सकले बताएका छन् ।