प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुनुअघि यस्तो निर्णय गर्दै

तामसालिङ खबर
१९ फाल्गुन २०७६, सोमबार १३:३३

फाल्गुन १९, काठमाडौं – मिर्गौला प्रत्यारोपणका लागि आज त्रिवि शिक्षण अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको १५ औं पूर्ण बैंठकको अध्यक्षता गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने सो बैठकमा समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्ने भएका छन् । प्रधानमन्त्री ओली आयोगका अध्यक्ष हुन् । यसमा राष्ट्रिय योजना आयोगको टिम, अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिवलगायत ८ सदस्य छन् ।

बैठकले समृद्धि र सुखका विषयमा ऐतिहासिक निर्णय गर्ने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीको दाबी छ । बैठक सकेर प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल जानेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*