पूर्व सञ्चारमन्त्री बाँस्कोटाद्वारा अदालतमा मुद्दा दायर

तामसालिङ खबर
१६ फाल्गुन २०७६, शुक्रबार २१:५१

फाल्गुन १६, काठमाडौं – पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजयप्रसाद मिश्र विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्यती मुद्दा दायर गरेका छन् । आफू विरुद्ध झुटा लाञ्छना लगाइएको भन्दै उनले प्रतिनिधि सभामार्फत् अदालतमा मुद्दा दायर गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा बाँस्कोटाले लेखका छन्,‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

निवर्तमान सञ्चारमन्त्री बास्काटाले सेक्युरिटी मुद्रण खरिद गर्ने विषयमा ७० करोड करोड कमिसन मागेको अडियो मिश्रले सार्वजनिक गरेका थिए । जसका कारण मन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*