बागमती प्रदेशको १३ वटै जिल्ला खेलकुदको नेतृत्व टुंगो लाग्यो

तामसालिङ खबर
८ माघ २०७६, बुधबार ०४:५२

माघ ८, हेटौंडा – बागमती प्रदेश खेलकुद विकास परिषदले प्रदेशका १३ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको छ । परिषद्को मंगलबार बसेको बैठकले १३ वटै जिल्लाका खेलकुद विकास समितिमा अध्यक्षको टुंगो लगाएको हो ।

परिषद्ले मकवानपुरमा सानु लामा दोङ सहित सिन्धुपाल्चोकमा शिव देउजा, सिन्धुलीमा खडक रजन मगर, काठमाडौंमा अरुण बस्नेत, चितवनमा प्रल्हाद प्रधान, धादिङमा प्रताप सिं तामाङ, रसुवामा दावा तामाङ, काभ्रेमा मानवीर लामा, नुवाकोटमा बुद्धिमान तामाङ, ललितपुरमा भरत प्रसाद पराजुली, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का, भक्तपुरमा श्रीभक्त काशीछवालाई चयन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*