फाल्गुन देखि मकवानपुरको बागमती गाउपालिकामा ‘तेस्रो बागमती गोल्डकप’ हुने
माघ ४, हेटौडा (बागमती) – मकवानपुरको पुर्बी क्षेत्र बागमती गाउँपालिकामा ‘तेस्रो बागमती गोल्डकप’ हुने भएको छ । आउँदो फाल्गुन १ गते देखि १० गते सम्म गोल्डकपमा बागमती गाउँपालिकाको मुख्य आयोजना तथा बागमती खेलकुद विकास समितिको आयोजनामा हुने अध्यक्ष अरुण बल तामाङले बताउनुभयो ।
गोल्डकपमा दश टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगद सहित शिल्ड मेडलहरु प्राप्त गर्ने आयोजक ले जनाएको छ ।
सर्बोत्कृष्ट खेलाडी ५० हजार , विधागत खेलाडीहरुलाई १० हजार, प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ३ हजार दिइने आयोजकले बताएको छ । अघिल्लो संस्करणमा पुरस्कार राशी ३ लाखलाई बढाएर ६ लाख पु¥याएको समितिको अध्यक्ष बलले बताए ।