प्रदेश ३ को राजधानी हेटौँडाबाट दायाँबाँया नगर्न ओली र प्रचण्डको निर्देशन

तामसालिङ खबर
१८ पुष २०७६, शुक्रबार १०:५५

पुस १८, काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजधानी हेटौँडामा नै राख्नु पर्ने र दायाँबाँया नगर्न निर्देशन दिएका छन् । गत आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौडा र नाम वागमती राख्न निर्देशन दिएको थियो ।

सचिवालयको यो निर्णय लगत्तै नेकपाका प्रदेश सांसदहरुले निर्णयको विरोध गर्न थालेपछि त्यसको तेस्रो दिन नेकपाका नेताहरुले प्रदेश तीनका इन्चार्ज, सह-इन्चार्ज र अध्यक्षलगायतका नेताहरुलाई बालुवाटार बोलाएर ‘प्रदेश तीनको राजधानी हेटौडाबाट दायाँबायाँ नगर्न’ कडा निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले यस्तो निर्देशन दिएका हुन् । ‘राष्ट्रिय राजनीतिको समेत विश्लेषण गरेर हेटौडा राजधानी राख्ने निर्णय गरेको हो ।

तपाइँहरुले पनि त्यसै अनुसार भूमिका निर्वाह गर्नु । त्यसबाट दायाँबायाँ नहोस्’, बालुवाटारमा अध्यक्षद्धयको निर्देशन उद्धृत गर्दै प्रदेश तीनका एक नेताले भने, ‘हेटौडामा संरचना बनिसकेका छन् अन्य ठाउँमा फेरि संरचनाहरु बनाउनुपर्ने हुन्छ । त्यो झन्झट किन व्यहोर्नु रु त्यसैले यो निर्णय परिवर्तन हुँदैन ।’

अध्यक्षद्वयको यस्तो निर्देशनलाई नेकपा ३ नम्बर प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्यले भने ठाडै विरोध गरेकी थिइन् । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*