हेटौंडा भेट्रान्स कपको उपाधिका लागि आज काठमाण्डौं र पोखरा भिड्ने

तामसालिङ खबर
५ पुष २०७६, शनिबार १०:३१

पुस ५, हेटौडा – हेटौंडामा जारी पाँचौ हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधिको लागि आज बानेश्वर भेट्रान्स काठमाण्डौं र बगरभाई खलक पोखरा भिड्ने भएको छ ।

शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा बानेश्वर फुटबल टिमले अमरसिंह कलबलाई १-० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । त्यस्तै दोस्रो सेमिफाईनल खेलमा बगरभाईखलक पोखराले बौद्ध क्लबलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।

फाइनल खेल आज शनिबार १ बजे देखि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, उत्कृष्ट खेलाडीले २० हजार, सम्पुर्ण खेलको म्यान अफ द म्याच हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*