पब्जी विश्वकपमा नेपाली टिम सातौं, १० लाख भन्दा बढी पुरस्कार जित्न सफल

तामसालिङ खबर
३ पुष २०७६, बिहीबार ०८:००

काठमाडौं – मोबाइल तथा कम्युटरमा खेलिने बहुचर्चित अनलाइन गेम ‘पब्जी’ को एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुको टिमले पुरस्कार जित्न सफल भएको छ ।

साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्टि्रक्स’ सातौं हुँदै पुरस्कार जित्न सफल भएको हाे । यसबापत सो टिमले १० हजार डलर (१० लाख रुपैयाँभन्दा बढी) प्राप्त गरेको छ । प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहेको थियो ।

प्रतियोगितामा मध्यपूर्व र उत्तर अफ्रिकाका १६ वटा र बाँकी विश्वका १६ वटा टिमले प्रतिस्पर्धा गरेकोमा प्रत्येक टिममा ५ जना खेलाडी थिए । प्रतियोगितामा पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ र थाइल्यान्डको आरआरक्यू एथेना दोस्रो भएको छ ।

पहिलोले एक लाख डलर र दोस्रोले ६० हजार डलर पाएको छ । अर्जेन्टिनाको टिम केयसो तेस्रो बन्दै ४० हजार डलर पाएको छ । चौंथो, पाचौं र छैटौंको पुरस्कार राशी क्रमशः १६ हजार, १४ हजार र १२ हजार डलर थियो ।

पब्जी विश्वभरका किशोरकिशोरी तथा युवाहरुमा लोकप्रिय एउटा अनलाइन गेम हो । यो त्यति नै विवादित पनि बनेको छ । नेपालमा पनि केही समयअघि सरकारले यो खेलमाथि प्रतिबन्ध लगाएकोमा पछि अदालतले प्रतिबन्ध हटाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*