हेटौडामा जारी भेट्रान्स कपमा अमर सिंह, कैलाली, बानेश्वर र बौद्धको बिजयी सुरुवात
पुस ३, हेटौंडा – प्रदेश ३ को मुकाम हेटौंडामा बुधबार देखि सुरु भएको पाचौँ ‘हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल’ प्रतियोगितामा चार भेट्रान्स क्लबले बिजय शुरु गरेको छ ।
प्रतियोगितामा अमर सिंह युवा क्लव, कैलाली भेट्रान्स, बानेश्वर फुटबल टिम र बौद्ध क्लबले विजयी सुरु गरेका छन् । अमर सिं भेट्रान्स पोखराले सिमरा भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
अमरसिंह भेट्रान्सको तर्फबाट खेलको जर्सि नम्बर १२ का विजय गुरुङ र हरि लामाले १-१ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच अमरसिंह भेट्रान्सका हरि लामा घोषित भएका थिए । त्यस्तै, प्रतियोगिताको दोश्रो खेलमा चितवन भेट्रान्स निलोलाई २–० गोल अन्तरले पराजित गर्दै कैलाली भेट्रान्सले विजयी सुरुवात गरेको हो । कैलालीको तर्फबाट दुवै गोल जर्सि नम्बर ११ का रुपेश केसिले गरेका हुन् । खेलको म्यान अफ दि म्याच पनि उनै घोषित भएका थिए ।
प्रतियोगिताको तेश्रो खेलमा जोरपाटी भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै बानेश्वर फुटबलटिम विजयी भएको छ । बानेश्वरको तर्फबाट उज्जवल श्रेष्ठले गरेको १ मात्रै गोलले बानेश्वरलाई विजयी दिलाएको हो । खेलको म्यान अफ दि म्याच बानेश्वरको राजु श्रेष्ठ भएका थिए ।
प्रतियोगिताको चौँथो खेलमा बौद्ध क्लव र भनिमण्डल बिच निकै प्रतिस्पर्धा भएको खेल निर्धारीत समयमा दुवै टिमबाट एक एक गोल भएपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा बौद्ध भेट्रान्सको तर्फबाट ४ गोल भएको थियो भने भनिमण्डलको तर्फबाट तिन गोल भएको थियो । म्यान अफ दि म्याच बौद्धको सुनिल लामा भएका थिए ।
प्रतियोगिताको पाँचौ खेल कोल्वी भेट्रान्स र हेटौँडा भेट्रान्स रातो बीच प्रतिस्पर्धा हुने तालिका बुधबारको मौसम बिग्रदो अबस्थाले आज बिहान सारीएको आयोजकले बताएका छन् ।