पर्यटक भित्र्याउन तिन नम्बर प्रदेशको पर्यटन मन्त्रालयको तिब्र तयारी

तामसालिङ खबर
२० मंसिर २०७६, शुक्रबार १७:५५

मंसीर २०, हेटौडा – तिन नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष २०२० लाई सफल बनाउन तीब्र तयारी गरेको छ । भ्रमण वर्षका अवसरमा प्रदेश र जिल्ला स्तरको समिति बनाएर काम गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताउनु भयो ।

भ्रमण वर्ष सफल बनाउन मन्त्री नेपालकै अध्यक्षतामा प्रदेश स्तरीय समिति बनाइएको छ । प्रदेशका १३ वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहेको जिल्ला स्तरिय समिति बनाएर पर्यटन वर्ष २०२० को प्रचार प्रसारमा जुटेको उनले बताए । उनका अनुसार सबै समितिले पर्यटक भित्र्याउनका लागि काम गर्नेछन् ।

प्रदेश ३ सरकारले पर्यटन वर्षलाई लक्षित गरेर मकवानपुरको इन्द्रसरोवर र धुलिखेलमा पर्यटन स्मारक बनाउने लक्ष्य पनि राखेको छ । त्यसको काम तत्काल सुरु गर्ने तयारी गरिएको मन्त्री नेपालले बताए । प्रदेश ३ सरकारले आफ्नो प्रदेश छिर्ने सबै नाकामा डिजिटल बोर्ड राख्ने भएको छ ।

प्रमुख पर्यटकीय स्थलको पहिचान दिनेगरी प्रदेश छिर्ने हरेक नाकामा डिजिटल बोर्ड राख्न लागिएको मन्त्री नेपालले जानकारी दिए। भ्रमण वर्षकै अवसरमा काठमाण्डौ उपत्यकामा साइकल ट्रयाक निर्माण गर्ने तयारी पनि प्रदेश सरकारको छ । प्रदेश सरकारकै आयोजनामा यसअघि साइकल यात्रा आयोजना गरिसकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*