महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित

तामसालिङ खबर
२० मंसिर २०७६, शुक्रबार १७:२५

मंसिर २०, पोखरा – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल श्रीलंका सँग पराजित भएको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा अब बंगलादेश र श्रीलंका भिड्ने भएका छन् । नेपालले कांस्य पदकका लागि शनिबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो । १ सय १९ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रेको नेपाली टिमले २० ओभरमा ९ विकेट गुमाउँदै मात्रै ७७ रन पुरा बनायो ।

नेपालकी रुविना क्षेत्री, अप्सरा बेगम, कविता कुँवर र करुणा भण्डारीले बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटु्ल्न सकेनन् । नेपालले ३ खेलमा १ जित र २ हार ब्यहोरेको छ । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*