गल्फमा सुवास तामाङले दुई स्वर्ण जिते

तामसालिङ खबर
२० मंसिर २०७६, शुक्रबार १७:१३

मंसिर २० काठमाण्डौ – १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक जितेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा शुक्रबार भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

१७ वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गरेका छन् । उनले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् ।

यस्तै, नेपालले टिम इभेन्ट तर्फ पनि स्वर्ण पदक जितेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*