पुस २ गते देखि हेटौडामा राष्ट्रिय भेट्रान्सकप फुटबल प्रतियोगिता हुने

तामसालिङ खबर
१८ मंसिर २०७६, बुधबार ०९:२५

मंसिर १८, हेटौडा – पाचौ सस्करणको राष्ट्रिय भेट्रान्सकप फुटबल प्रतियोगिता आउदो पुस २ गते देखि हेटौडामा हुने भएको छ । चालिस बर्ष माथिका उमेर समुहका खेलाडीहरुको प्रतियोगिता हेटौंडा ४ स्थित लोकतान्त्रिक खेल मैदान हुप्राचौरमा आयोजना गरिने प्रतियोगिताका लागि खेलमैदान निर्माण कार्य तिब्र गतिमा भइरहेको बताएको छ ।

अहिले मैदानको खाल्डाखुल्डी पुर्ने र सम्माउने कार्य भैरहेको छ । यो प्रतियोगीता ४० बर्ष उमेर माथि समुहका लागी कुम्भ मेला झै हो । यो प्रतीयोगीताले जिल्लामा तन्नेरी युवा खेलाडीहरुमा समेत प्रोत्सान मिल्ने गरेको छ । हेटौंडा भेट्रान्सले स्वाथ्यका लागी खेल भन्ने नाराका साथ हरेक बर्ष प्रतियोगीता आयोजना गर्दै आएको उपाध्यक्ष नवराज बज्राचार्यले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद एक लाख रुपैया तथा शिल्ड, दितिय हुने समुहले नगद ५० हजार रुपैया सहित शिल्ड र उत्कृष्ठ खेलाडीले नगद पुरुस्कार प्राप्त गर्ने उपाध्यक्ष बज्राचार्यले बताउनुभयो । यो बर्ष भेट्रान्सका १६ वटा पुर्ब राष्ट्रिय खेलाडीहरुको समुहले सहभागीता जनाउने हेटौंडा भट्रान्स क्लवका अध्यक्ष दिपक बज्रचार्यले बताउनु भयो ।

यो बर्ष देखी खेलको जोखिमलाई मध्येनजर गदै सहभागी सबै टिमका खेलाडीहरुको बिमा गरेर मात्र खेल खेलाईने महासचिब ज्ञानु क्षेत्रीले बताएका छन् । हेटौंडा भेट्रान्स क्लवले आफना ७० जना सदस्यहरुको स्वस्थ्य बिमालाई अगाडी बढाईसकेको महासचिब क्षेत्रीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*