बैदाम तामाङ सेवा समाज पोखराको अध्यक्षमा पुनः ज्याक तामाङ चयन

तामसालिङ खबर
१७ मंसिर २०७६, मंगलवार १८:५५

मंसिर १७, पोखरा – बैदाम तामाङ सेवा समाज पोखराको अध्यक्षमा पुनः ज्याक तामाङ चयन भएको छ । समाजको सोमबार भएको आठौं साधारण सभा तथा पाँचौ अधिबेशनले तामाङको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो । अधिबेशनको उदघाटन गर्दै नेपाल तामाङ घेदुङ पोखरा महानगरका अध्यक्ष टेकबहादुर स्याङ्गबो तामाङले एकता र संस्कृति संरक्षणका लागि समाजले भुमिका खेल्न जोड दिए ।

समाजको उपाध्यक्षमा जयन्ती मोक्तान, सचिव कविता योञ्जन, कोषाध्यक्ष पदमे लामा, सहसचिव सीतामान तामाङ र सहकोषाध्यक्षमा रजनी तामाङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मोनी तामाङ, बमबहादुर तामाङ, वाङ्गेल तामाङ, खड्ग बहादुर तामाङ चयन भएका छन् । यस्तै समाजको सल्लाहकारहरुमा सरस्वती तामाङ, धनबहादुर तामाङ र प्रेम तामाङलाई चयन गरिएको छ ।

समाजका अध्यक्ष ज्याक तामाङले समुहमा काम गरे मात्रै समाजले सफलता प्राप्त गर्ने बताए । उनले छोटो समयमै समाजले गुम्वा निर्माणको भौतिक पुर्वाधार पुरा गरि पर्यटकिय क्षेत्रलाई धार्मिक पर्यटकिय हिसावले टेवा प्रदान गरेको बताए । समाजले मञ्जुश्री सम्वत सोनाम ल्होछारको अवसरमा हरेक वर्ष ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा आयोजना गर्दै आएको छ ।

यसपटक ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा माघ ४ गते हुने भएको । मिस तामाङ पोखराका प्रतियोगिहरुलाई यहि मंसिर २१ गते देखि तामाङ धर्म, संस्कृति, भाषा तथा परम्परा लगायत व्यक्तित्व र नेतृत्व विकासको तालिम दिइने कार्यक्रम संयोजक कविता योञ्जनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*